×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु बैंकले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्दै, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग नियुक्त

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार

PRIME CA
laxmi sunrise bank

प्रभु बैंकले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्दै, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग नियुक्त

काठमाडौं – प्रभु बैंकले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । उक्त ऋणपत्र जारी गर्नको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्लाई नियुक्त गरेको छ । बैंकले बुधबार “प्रभु बैंक डिबेन्चर २०८४” नामक २० लाख कित्ता ऋणपत्र निष्काशन गर्न नबिल इन्भेष्टमेन्टलाई बिक्री प्रबन्धकमा नियुक्त गर्ने सम्बन्धि सम्झौता गरेको हो ।
उक्त सम्झौतापत्रमा प्रभु बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र नबिल इन्भेष्टमेन्ट बैंकिंङ्गको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
बैंकले १०% व्याज सहित आठ वर्ष अवधिको २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न लागेको हो । बैंकले कूल २० लाख कित्ता डिबेन्चरमध्ये १२ लाख कित्ता डिबेन्चर व्यक्तिगत तवरबाट र ८ लाख कित्ता डिबेन्चर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: