×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विक्ली प्रोडक्ट रिपोर्ट : मंसिरको दोस्रो साता कुन बैंकले कस्ता प्रोडक्ट बजारमा ल्याए ? (विवरणसहित)

PRIME CA

विक्ली प्रोडक्ट रिपोर्ट : मंसिरको दोस्रो साता कुन बैंकले कस्ता प्रोडक्ट बजारमा ल्याए ? (विवरणसहित)

१३ मंसिर २०७६, शुक्रबार

पढ्न लाग्ने समय: < ४ मिनेट

काठमाडौँ – बैंकहरुले आफ्नो ग्राहकहरुलाई सुविधा प्रदान गर्नका लागि विभिन्न प्रोडक्ट बजारमा ल्याउने गरेका छन् । यो मंसिरको दोस्रो साता ३ बैंकले यस्ता प्रोडक्ट बजारमा ल्याएका छन् । 
काठमाडाैं – एनएमबि बैंकले आफ्नो घर कर्जा सुविधा अन्तर्गत एक नयाँ एनएमबि बलूनिङ्ग एण्ड रिभर्स बलूनिङ्ग योजना शुरु गरेको छ । एनएमबि बैंकमा घर कर्जा सुविधा लिन चाहने ग्राहकहरुले यस नयाँ योजना अन्तर्गत अब आफ्नो आवश्यकता अनुसार सम–मासिक किस्ता (इएमआई) बुझाउने विधि चयन गर्न सक्नेछन् ।
बलूनिङ्ग सुविधाले घर कर्जा लिने ग्राहकलाई लिएको सम्पूर्ण कर्जाको साँवा पुनःभूक्तानी गर्नलाई छनौट गर्ने अवसर प्रदान गर्दछ जसमा तिर्नुपर्ने किस्ताको केही अंश सम मासिक किस्ताबन्दीका दरले तिर्दै जाने र बाँकी हिस्सा वार्षिक रुपमा एकमुष्ठ दरले तिर्न पाउने सुविधा दिइन्छ । अर्को, वैकल्पिक रिभर्स बलूनिङ्ग सुविधाले घर कर्जा लिने ग्राहकलाई लिएको सम्पूर्ण कर्जाको साँवा पुनःभूक्तानीमा छनौट गर्ने मौका दिन्छ जस अनुसार ग्राहकको रोजाई र आवश्यकता बमोजिम प्रत्येक ५ देखि १० वर्षको अवधिमा मासिक किस्ता कम गर्दै लान सकिनेछ ।
‘यस हितकर योजनाले ग्राहकहरुलाई उनीहरुको सुविधा र प्राथमिकतामा आाधरित रहेर कर्जा पुनःभुक्तानीमा सहजता दिलाउने उद्देश्य लिएको छ । हामी विश्वस्त छौं कि यी नयाँ योजनाहरुले बैंकद्वारा उपलब्ध गराइएको विद्यमान घर कर्जा सुविधामा ग्राहकहरुका लागि थप सुविधा प्रदान गर्नेछ’ बैंकद्वारा जारी गरिएको वक्तव्यमा उल्लेख गरिएको छ ।
काठमाडौँ – ग्लोबल आइएमई बैंकले बैदेशिक रोजगारमा गएका तथा विदेशमा बस्ने नेपालीहरुलाई लक्षित गरी ग्लोबल आइएमई जन्मभूमि घर कर्जा ल्याएको छ । यस नयाँ योजनाअन्तर्गत वैदेशिक रोजगारमा गएका कामदार तथा विदेशमा बस्ने नेपालीहरु र उनका परिवारका सदस्यलाई आवश्यक कागजात पेश गरेको तीन दिनभित्र घर कर्जा उपलब्ध गराइने छ । 
न्यूनतम ब्याजदरमा सुलभ र सहज रुपमा प्राप्त गर्न सकिने जन्मभूमि घर कर्जाले रेमिट्यान्सलाई बैंकिङ्ग च्यानलबाट भित्र्याउन मद्दत पुग्नेछ । यो घर कर्जा बैदेशिक रोजगारबाट प्राप्त आयको आधारमा भारतसहित विभिन्न देशमा बस्ने नेपालीहरुका परिवारलाई प्रदान गरिनेछ । 
जन्मभूमि घर कर्जा ग्लोबल आइएमई बैंकको सबै शाखाबाट प्राप्त हुनेछ । यससम्बन्धी थप जानकारी ग्लोबल रेमिटका विभिन्न देशमा रहेका कार्यालयहरु तथा ग्लोबल आइएमई बैंकका बैदेशिक सम्पर्क कार्यालयबाट प्राप्त गर्न सकिनेछ । 
काठमाडौं – मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ संस्थागत उपलब्धी खाता’ नामक चल्ती खाता र ‘मुक्तिनाथ व्यक्तिगत उपलब्धी’ नामक बचत खाता सञ्चालनमा ल्याएको छ । बैंकले विभिन्न सरकारी तथा नीजि कम्पनी लगायत प्रचलित कानुन बमोजिम दर्ता भई सञ्चालनमा रहेका सम्पूर्ण संघ/संस्थालाई लक्षित गरी उक्त दुई खाता सञ्चालनमा ल्याएको हो ।
मुक्तिनाथ संस्थागत उपलब्धी खाता अन्तर्गत ग्राहकले न्युनतम मौन्दात १००० रुपैयाँमा कुनै पनि माथि उल्लेखित संघ/संस्थाले यो खाता खोल्न सक्नेछन् । यस खाता खोलेका संघ/संस्थाका सञ्चालक समितिका सदस्यहरु, साझेदार, प्रोइपाइटरहरुका लागि ७ लाखकोे दुर्घटना मृत्यू बीमाको सुविधा प्रदान गरिएको छ । मुक्तिनाथ संस्थागत उपलब्धी चल्ती खातामा बीमा सेवाका अतिरिक्त दैनिक मौज्दातमा आकर्षक ब्याजदर (मासिक ब्याज भुक्तानी) तथा निःशुल्क इन्टरनेट बैकिङ्ग सुविधा लिन सकिनेछ ।
साथै, मुक्तिनाथ व्यक्तिगत उपलब्धी बचत खाता अन्तर्गत ग्राहकले न्युनतम मौन्दात १०० रुपैयाँमा संस्थाका कर्मचारी तथा व्यक्तिगत सदस्यहरुले खाता खोल्न सक्ने छन् । यस खाता खोलेका व्यक्ति तथा संस्थाका कर्मचारीले ७ लाख रुपैयाँको दुर्घटना मृत्यू बीमाको सुविधा पाउने छन् ।
यसका साथै, कुनै पनि संघ/संस्थामा कार्यरत कर्मचारीहरुलाई व्यक्तिगत कर्मचारी कर्जा (वार्षिक औसत तलबको ५० प्रतिशत वा १५ लाखमध्ये जुनकम हुन्छ, सो बराबर हुने गरी विनाधितो कर्जा सुविधा प्रदान गरिनेछ । यस व्यक्तिगत उपलब्धी बचत खाता अन्तर्गत दैनिक मौज्दातमा वार्षिक ७ प्रतिशत ब्याज (मासिक ब्याज भुक्तानी), निःशुल्क अन्तर शाखाकारोबार, निःशुल्क मोबाइल बैकिंङ्ग सुविधातथा इन्टरनेट बैकिङ्ग सुविधाका साथै निःशुल्क भिसा डेबिट कार्ड प्रदान गरिनेछ ।
यस योजनाअन्तर्गत मुक्तिनाथ संस्थागत उपलब्धी खाता भएका संघ/संस्थाका कर्मचारी तथा आवद्ध व्यक्तिगत सदस्यहरुले मात्र व्यक्तिगत उपलब्धी बचत खाता खोल्न सक्नेछन् । बैंकको यो सेवा १३३ वटै शाखाहरुबाट लिन सकिने छ ।
काठमाडौं – मेरोघर र एनएमबी बैंकले संयुक्त रूपमा ‘अब बन्छ हजुरको घर’ अफर सुरू गरेका छन् । ग्राहकलाई आफ्नो घर निर्माणका लागि आर्थिक सहजतादिने मात्र नभई डिजाइन तथा निर्माणको समेत सेवा दिने उद्देश्यले दुई संस्थाले नेपालमै पहिलो पटक उक्त अफर बजारमा ल्याएका हुन् ।
योजनाअन्तर्गत, जग्गाधनीहरुले घर बनाउन एनएमबी बैंकबाट सहज ब्याजदरमा कर्जा लिएर २५ वर्षसम्मको अवधिमा भुक्तानी गर्न सक्नेछन् भने मेरोघरले ग्राहकको इच्छाअनुसार घरको डिजाइन देखि पूर्ण-निर्माणसम्मको सेवा प्रदान गर्नेछ ।
त्यस्तै, घरको पूर्ण निर्माण सम्पन्न नभएसम्म वा १२ महिना अवधिसम्म किस्ता भुक्तानी गर्न नपर्ने तथा घर निर्माणका लागि शतप्रतिशतसम्म कर्जा सुविधा उपलब्ध हुनेछ । यसका लागि, मेरोघर र एनएमबी बैंकको सहकार्यमा सरल र सहज ऋण प्रशोधन प्रणालीको प्रबन्धन गरिएको छ ।
आफ्नै जग्गा भएका जागिरे युवा तथा लामो समयदेखि घर निर्माण गर्न योजना बनाएका व्यक्तिले यस अफरको लाभ उठाउन सक्नेछन् । त्यस्तै, विदेशमा बसोबास गर्ने र आफ्ना परिवारको लागि घर बनाउन चाहनेका लागि समेत यो अफर लक्षित छ । ग्राहकको जग्गा तथा आम्दानी स्रोतमा नियम र सर्तहरू भने लागु हुने कम्पनीले जनाएको छ ।
मेरोघर १५ बर्ष भन्दा बढी अनुभव भएका यस्ता विज्ञ र दक्ष आर्किटेकहरुको समुह हो, जसले आवासीय घर तथा भवन निर्माणमा आवश्यक सल्लाह, सुझाव, परामर्शका साथै डिजाइन र निर्माणसम्मको एकीकृत सेवा प्रदान गर्छ । यस्तो सेवा प्रदान गर्ने नेपालको पहिलो होम ब्रान्ड मेरोघरले सेवा शुरु गरेको ४ वर्षमैं १५० भन्दा बढी घर निर्माण गरी हस्तान्तरण गरिसकेको छ भने २ हजार भन्दा बढी आवासीय घरको डिजाइन गरेको छ ।
आवासीय घर बाहेक होटेल, रिजोर्ट, अस्पताल, विद्यालय, व्यवसायिक भवन आदिको डिजाइन एवं सम्पूर्ण निर्माणमा पनि मेरोघरको दक्षता छ । मेरोघरले निर्माण गरेका प्रत्येक घरको ६ महिनासम्म निःशुल्क मर्मत सम्भार, घरको गुणस्तर सुनिश्चितका लागि विशेषज्ञको निगरानी एवं सम्पूर्ण संरचना निर्माणको ग्यारेन्टी जस्ता सुविधा प्रदान गर्दछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: