प्याजको मूल्यले कुखुराको मासुकै मूल्य भेट्ने संकेत, प्रतिकिलो दुई सय ५० रुपैयाँ पुग्यो !


काठमाडौं । नेपाली बजारमा प्याजको मूल्य बोइलर कुखुराको मासुकै मूल्य भेट्ने संकेत देखाएको छ । कालिमाटी फलफूल तथा तरकारी विकास समितिले मंगलबारका लागि सुकेको प्याजको प्रतिकिलो होलसेल मूल्य नै दुई सय रुपैयाँ तोकेको छ । यो हिसावले खुद्रा पसलमा मूल्य झन्डै २५० रुपैयाँ हुन आउँछ । 

यता कालिमाटी फलफूल तथा तरकारी विकास समितिका उप निर्देशक विनय श्रेष्ठले आफ्नो जानकारीमा भएअनुसार प्याजको मूल्य अहिलैसम्मकै उच्च भएको बताका छन् ।  समितिकाअनुसार हरेक दिन प्याजको मूल्य प्रतिकिलो औसत १० रुपैयाँ हाराहारीले बढिरहेको छ । 

'यस्तै हो भने प्याजको मूल्यले कुखुराको मासुकै मूल्य भेट्न सक्छ ।' कालीमाटिमा भेटिएका व्यापारीहरुको आंकलन छ ।  
प्रकाशित मिति : Tuesday, November 26, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal