×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राजस्व छली गरेको आरोपमा तीन चिनियाँ नागरिकसहित चार जनाविरुद्ध मुद्दा !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार

PRIME CA
laxmi sunrise bank

राजस्व छली गरेको आरोपमा तीन चिनियाँ नागरिकसहित चार जनाविरुद्ध मुद्दा !

काठमाडौं – राजस्व अनुसन्धान विभाग ललितपुरले राजश्व छली गरेको भन्दै ३ चिनियाँ नागरिकसहित ४ जनाविरुद्ध राजश्व छली मुद्दा अगाडि बढाएको छ । नक्कली बीजक प्रयोग गरी राजश्व छली गरेको भन्दै विभागले उनिहरुविरुद्ध राजश्व छलीको मुद्दा अगाडि बढाएको हो । 
विभागले नेपाल दोङहवा कन्सट्रक्सन इन्जिनियरिङ कम्पनीका सञ्चालकहरु याङ लिन, शे श्याङ जुन, वे देगुइ र सुबिन श्रेष्ठविरुद्ध कार्तिक १९ गते मंगलबार काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । जसमा ३ चिनियाँ नागरिक र १ नेपाली रहेका छन् ।
यस कम्पनीविरुद्ध राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ अनुसार मूल्य अभिवृद्धि करतर्फ ४ करोड २१ लाख, आयकरतर्फ ७ करोड ७७ लाख रुपैयाँ तथा लाभांश करतर्फ १ करोड १४ लाख रुपैयाँ राजस्व चुहावट गरेको विभागले दाबी गरेको छ । 
विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार राजस्व चुहावट गरेको अभियोगमा उनीहरुलाइ १३ करोड १३ लाख ११ हजार बिगो कायम गरी बिगोको दोब्बरसम्म जरिवाना र ३ वर्ष कैदको माग दाबीसहित मुद्दा दर्ता गरिएको छ ।
अहिले उनीहरु अहिले प्रहरी हिरासतमारहेका छन् । नेपाल दोङहवा कन्सट्रक्सन कम्पनीले कुनै पनि वस्तु खरिद नै नगरी झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि करको बीजक मात्र खरिद गरेर राजस्व चुहावटमा संलग्न रहेको अनुसन्धानमा देखिएको पनि मैनालीले बताए । उनीहरुविरुद्ध राजस्व अनुसन्धान विभागले विगत ८ महिनादेखि अनुसन्धान गरिरहेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: