×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शिखर इन्स्योरेन्सको खुद नाफा १४.८५% ले वृद्धि, प्रति सेयर आम्दानी कति ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १ मंसिर २०७६, आईतवार

PRIME CA
laxmi sunrise bank

शिखर इन्स्योरेन्सको खुद नाफा १४.८५% ले वृद्धि, प्रति सेयर आम्दानी कति ?

काठमाडौं –  चालु आर्थिक वर्षको प्रथम त्रैमासमा शिखर इन्स्योरेन्सले १२ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको तुलनामा १४.८५% धेरै हो । गत वर्ष शिखरले १० करोड ५७ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।
यस्तै, कम्पनीले खुद बिमा शुल्क आर्जन पनि ०.०५% ले बढाएर ४५ करोड ८३ लाख पुर्याएको छ । गत वर्ष ४५ करोड ८० लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । बैंकले खुद दाबी भुक्तानी २० करोड ७ लाख ९८ हजार रुपैयाँ  गरेको छ भने ८९ करोड ८१ लाख रुपैयाँ दाबी भुक्तानी हुन बाँकी रकम रहेको छ । 
यो असारमसान्तसम्ममा कम्पनीको बिमा कोषको आकार २३.६६% ले बढेर १ अर्ब ११ करोड ८० लाख रुपैयाँ पुगेको छ । हाल कम्पनी चुक्ता पुँजी १ अर्ब ५ करोड ७३ लाख १० हजार रुपैयाँ रहेको शिखरको जगेडा कोषमा ५१ करोड ७७ लाख ९४ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी ४५ रुपैयाँ ९ पैसा (वार्षिक) रहेको शिखरको प्रतिसेयर नेटवर्थ २६१ रुपैयाँ ६ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: