×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बढी ‘उम्लिएपछि’ अर्थमन्त्रीले यसरी सेके डेपुटी गभर्नरलाई, शिवराज श्रेष्ठलाई निलम्बन गर्न आज बोर्ड बैठक !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १७ कार्तिक २०७६, आईतवार

PRIME CA
laxmi sunrise bank

बढी ‘उम्लिएपछि’ अर्थमन्त्रीले यसरी सेके डेपुटी गभर्नरलाई, शिवराज श्रेष्ठलाई निलम्बन गर्न आज बोर्ड बैठक !

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ निलम्बनमा पर्ने भएय्का छन् । उनी माथि छानविन गर्ने मन्त्रिपरिषद्को निर्णय आज साँझ राष्ट्र बैंकको संचालक समितिमा प्रस्तुत हुने भएसँगै उनी निलम्बनमा पर्ने भएका हुन् । उनलाई निलम्बन गर्न आज नेपाल राष्ट्र बैंकको बोर्ड बैठक बस्न लागेको उच्च स्रोतको दावी छ । 
एक महिनाअघि अर्थमन्त्री डा. युवराज खतिवडाले श्रेष्ठले वित्तीय स्थायित्वमा आँच पुग्ने काम गरिरहेको भन्ने प्रस्ताव मन्त्रीपरिषद् बैठकमा लगेका थिए । केहि समयपछि उनीमाथि छानविन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको थियो । आज साँझ बस्ने राष्ट्र बैंकको संचालक समितिको बैठकमा एजेण्डाका रुपमा केही बैंक तथा वित्तीय संस्थाको मर्जरका लागि सैद्धान्तिक र अन्तिम स्वीकृत दिने भन्ने सञ्चालकहरुलाई पठाइएको भएपनि श्रेष्ठलाई निलम्बनसमेत गरिने स्रोतको दावी छ । 
बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा लुकाउन सघाएको, सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी सूचना संकलन गर्न राष्ट्रसंघको सहयोगमा पाँच वर्षअघि लिइएको सफ्टवेयर प्रणाली लागू गर्न असहयोग गरेको लगायत आरोप पनि उनीमाथि छ । बेलुकाको बैठकमा गभर्नर डा. चिरञ्जिबी नेपालले श्रेष्ठमाथि छानविन गर्ने मन्त्रीपरिषद्को निर्णय बैठकको एजेण्डाका रुपमा प्रस्तुत गर्नेछन् भने उनीमाथि छानविन गर्न समिति गठन हुनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: