×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराइज बैंकको १२३ औं शाखा कैलालीमा,साथै दुई एक्सटेन्सन काउण्टर पनि सञ्चालन

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार

PRIME CA
laxmi sunrise bank

सनराइज बैंकको १२३ औं शाखा कैलालीमा,साथै दुई एक्सटेन्सन काउण्टर पनि सञ्चालन

काठमाडौं – एकै दिन सनराइज बैंकको एक शाखा र दुई एक्सटेन्सन काउण्टरको शुरुवात गरेको छ । बैंकको १२३ औं शाखा कैलालीको भजनी नगरपालिकामा नगर प्रमुख शेरबहादुर चौधरी र सन्राइज बैंकका नायव प्रमुख कार्यकारी अधिकृत आशा राणा अधिकारीले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।
उक्त उद्घाटन कार्यक्रममा भजनी नगरपालिकाका नगरका प्रतिनिधि तथा बैंकका अन्य पदाधिकारीको उपस्थिति रहेको थियो । त्यस्तै बैकले भक्तपुर स्थित दधिकोटमा ७औं तथा काठमाडौं स्थित धापासीमा ८औं एक्सटेन्सन काउण्टर विस्तार गरेको छ ।
देशभरी हालसम्म सनराइज बैंकका एक सय २३ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र एक सय ४४ वटा एटिएम मार्फत आफ्ना करिब ६लाख ग्राहकहरुलाई सेवाप्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरू विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरmमा पनि थपशाखा, शाखारहित बैंकिङ्ग, एक्सटेन्सन काउण्टर र एटिएम संचालन गर्ने योजना रहेको बैंकले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: