×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सपोर्ट माइक्रोफाइनान्सको खुद नाफा १०१.९२%ले वृद्धि, प्रतिसेयर आम्दानी कति ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार

PRIME CA
laxmi sunrise bank

सपोर्ट माइक्रोफाइनान्सको खुद नाफा १०१.९२%ले वृद्धि, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं – सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाले आर्थिक वर्ष २०७६/७७ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार संस्थाको खुद नाफा १०१.९२%ले वृद्धि गरेर १३ लाख ६५ हजार रुपैयाँ पुर्याएको छ । गत वर्षको यहि अवधिमा संस्थाले ६ लाख ७६ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । 
यस्तै, संस्थाको खुद ब्याज आम्दानी ४२.९०%ले बढेर ९४ लाख २ हजार रुपैयाँ पुगेको छ । गत वर्ष ६५ लाख ७९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरको थियो । साथै, सञ्चालन नाफा १०२.०७% ले बढेको छ । सञ्चालन नाफा १० लाख ६२ हजार रुपैयाँबाट बढेर २१ लाख ४६ हजार रुपैयाँ पुगेको छ । 
यो पहिलो त्रैमाससम्ममा संस्थाले निक्षेप १४ करोड ९६ लाख संकलन गरेर कर्जा ७३ करोड ५४ लाख रुपैयाँ लगानी गरेको छ । हाल संस्थाको चुक्ता पुँजी ६ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा भने १ करोड ३३ लाख ६० हजार रुपैयाँ रहेको छ ।
संस्थाको खराब कर्जा ३.८६%, कस्ट अफ फन्ड ११.२२% र कर्जा निक्षेप अनुपात २०.३४% रहेको छ । संस्थाको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ११ पैसा रहेको यसको प्रतिसेयर नेटवर्थ ११२ रुपैयाँ २७ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: