करदाताहरुलाई खुशीको खबर, अब मोबाइल एपबाट सिधै कर तिर्न सकिने !

काठमाडौँ । अब मोबाइलबाट पनि कर तिर्न सकिने भएको छ । आन्तरिक राजस्व विभागले कर तिर्नका लागि सुविधासहितको मोबाइल एप ल्याएको छ । विभागले यस्तो एप ल्याएसंगै आम करदाताहरुलाई सहज हुनुकासाथै समयको समत बचत पनि हुने भएको छ । करदाताहरु यस अघि भने सम्बन्धित ठाउँमै गएर कर बुझाउंदै आएका थिए । 

आन्तरिक राजस्व  विभागले करदाता दिवसको अवसरमा पारेर सुविधासहितको मोबाइल एप ल्याएको हो । विभागले ‘आइआरडी’ एप ल्याएको हो । करदाताहरुले आफुले तिर्नुपर्ने कर उक्त मोबाइल एप प्रयोग गरेर तिर्न सक्नेछन् ।  

सो मोबाइल एपमा प्यान रजिष्ट्ररदेखि कर फिर्ताको जानकारी समेत पाइनेछ । 
प्रकाशित मिति : Tuesday, November 19, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal