×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यस्तो छ बंगलादेशका राष्ट्रपति हमिदको आजको कार्यतालिका, भोलि पोखरा जाने !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार

PRIME CA
laxmi sunrise bank

यस्तो छ बंगलादेशका राष्ट्रपति हमिदको आजको कार्यतालिका, भोलि पोखरा जाने !

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चारदिने सद्भावना भ्रमणका लागि नेपाल आएका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद बुधबार उच्चस्तरीय भेटवार्तामा व्यस्त हुने भएका छन् । बुधबार नेपाल र बङ्गलादेशबीचमा उच्चस्तरीय भेटवार्ता हुने भएको छ । 
भेटवार्ता गर्ने क्रममा बिहान ११ः१० बजे नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष प्रचण्ड र बिहान १०ः५० बजे राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति हमिदसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ भने अपराह्न ३ः१५ बजे उपराष्ट्रपति नन्दबहादुर पुन, २ः४० बजे प्रधानमन्त्री केपी शर्मा ओली, २ः०० बजे प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग हमिदले शिष्टाचार भेटवार्ता गर्नेछन् ।
साथै राष्ट्रपति कार्यालय शीतल निवासमा आज अपराह्न ४ः३० बजेदेखि ५ः०० बजेसम्म राष्ट्रपति भण्डारी र बंलादेशका राष्ट्रपति हमिदबीच उच्चस्तरीय भेटवार्ता हुनेछ । परराष्ट्र मन्त्रालयका अनुसार उक्त भेटमा दुई देशबीचको आपसी सम्बन्ध र सहयोग आदानप्रदानका विषयमा छलफल हुनेछ । 
राष्ट्रपति हमिद त्यसपछि राष्ट्रपति भण्डारीले आफ्नो स्वागतमा याक एण्ड यती होटलमा साँझ ८ः १५ बजे आयोजना गरेको रात्रिभोजमा सहभागी हुनेछन् । 
यस्तै राष्ट्रपति हमिद बिहीबार पोखरा जाने कार्यक्रम रहेको छ । काठमाडौंबाट १ बजे पोखरा प्रस्थान गर्ने हमिद सोही दिन साढे चार बजे काठमाडौं फर्किने कार्यक्रम छ । उनले शुक्रबार बिहान ११ बजे चन्द्रागिरि र दिउँसो १ बजे पाटन दरबार स्क्वायर अवलोकन गर्नेछन् । त्यसपछि उनी शुक्रबारै करिब पाँच बजे स्वदेश फर्किने कार्यक्रम छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: