×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘मृगौला पीडीत’ प्रधानमन्त्रीविरुद्ध मृगौला पिडितहरुले गरे आन्दोलनको तयारी, यस्तो छ कारण (भिडियो)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार

PRIME CA
laxmi sunrise bank

‘मृगौला पीडीत’ प्रधानमन्त्रीविरुद्ध मृगौला पिडितहरुले गरे आन्दोलनको तयारी, यस्तो छ कारण (भिडियो)

काठमाडौं । मृगौला पिडितहरुले आफुहरुलाई उपलब्ध गराउदै आएको सम्पुर्ण सहयोग पुर्ववत ढंगले उपलब्ध गराउन माग गर्दै प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा प्रर्दशन गरेका छन् । मृगौला पिडित सरोकार समाजको नेतृत्वमा सोमबार बालुवाटार पुगेका पिडितहरुले जिविकोपार्जन वापतको मासिक भत्ता र डायलासिसमा दिदै आएको सुविधा यथावत राख्न माग गरेका हुन् । १४ बुँदे ज्ञापनपत्र लिएर बालुवाटार पुगेका पीडीतहरु प्रधानमन्त्रीसंग भेट्न नपाएपछि रुष्ट बनेका थिए । प्रधानमन्त्री स्वयम् मृगौला पिडित भएर पनि आफुहरुको समस्या नबुझेको भन्दै उनीहरुले आन्दोलन गर्ने चेतावनी नै दिए ।
प्रधानमन्त्रीले भेट्ने समय नदिएको भन्दै मृगौला पिडितहरुले आन्दोलनको घोषणा गरेका हुन् । आफुले निजी अस्पतालमा उपचार गराएर राज्यको ढुकुटी सकेको तर पीडीतका लागि सामान्य सुविधा पनि कटौती गरेको भन्दै उनीहरुले प्रधानमन्त्री प्रति आक्रोश पोखे ।

पीडीतहरुले जीविकोपार्जन वापतको मासिक भत्ता ५ हजार उपलब्ध गराउनुपर्ने , निशुल्क हेमोडाइलाइसिस, विरामी कुरुवाको उचित बसोबासको व्यवस्था, डाययलासिस सुविधाको रकम तत्काल उपलब्ध गराउनुपर्ने लगायत १४ बुँदे माग गरेका छन् । उनीहरुले माग सम्बोधन नभए जस्तो सुकै आन्दोलन गर्न तयार रहेको बताए ।
प्रधानमन्त्रीसंग भेटगर्न नपाएपछि पिडितहरु बालुवाटारबाट नाराबाजी गर्दै माईतीघरमण्डला सम्म आएका थिए । उनीहरुले मण्डलामा पनि केही समय प्रर्दशन गरेका थिए । हेर्नुहोस् भिडियो:
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: