×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौंमा मंसिर १२ गतेदेखि १७औं हस्तकला ब्यापार मेला हुँदै, विदेशी स्टल पनि रहने ! (भिडियो रिपोर्ट)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार

PRIME CA
laxmi sunrise bank

काठमाडौंमा मंसिर १२ गतेदेखि १७औं हस्तकला ब्यापार मेला हुँदै, विदेशी स्टल पनि रहने ! (भिडियो रिपोर्ट)

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा मंसिर १२ देखि १६ गतेसम्म १७औं हस्तकला ब्यापार मेला तथा १५औं हस्तकला प्रतियोगिता हुने भएको छ । नेपाल हस्तकला महासंघले नेपाली हस्तकलाको बजार प्रबद्र्धन गर्ने उद्देश्य सहति मेलाको आयोजना गर्न लागिएको जनाएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महासंघका निवर्तमान अध्यक्ष तथा मेला संयोजक धर्मराज शाक्यले उक्त जानकारी गराउनुभएको हो । मेलामा विदेशी व्यवसायीहरुको समेत सहभागिता रहने भएकाले नेपाली उद्यमीहरुले व्यवसायीक सम्बन्ध स्थापना गर्न सक्ने छन् । मेलामा महासंघका सदस्य, विभिन्न जिल्ला हस्तकला संघ र बस्तुगत संघको समेत सहभागिता रहने छ । मेलामा धातुकला, सुनचाँदी सुती तथा ढाकाका सामान, पश्मिना, छालाजन्य उत्पादन, प्राकृतिक रेसा र वाँसबाट बनेका सामानहरु राखिने संयोजक शाक्यले जानकारी दिनुभयो । 
मेलामा ८ वटा प्याभिलियन सहित करिब २ सय स्टल रहने छन् । त्यस्तै भारत, श्रीलंका, बंगलादेश लगायतका मुलुकका व्यापारीहरुको पनि करिब २० वटा स्टल रहने छन् । मेलामा हस्तकला कलाकार तथा कालिगढहरुबीच प्रतिस्प्रधा गराई उत्कृष्ट हुनेलाई पुरस्कृत समेत गरिने महासंघले जनाएको छ । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: