×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कृष्णबहादुर महरामाथिको थुनछेक बहस सुरु, रिहा गर्ने वा थुनामा पठाउने फैसला हुने !

PRIME CA

कृष्णबहादुर महरामाथिको थुनछेक बहस सुरु, रिहा गर्ने वा थुनामा पठाउने फैसला हुने !

अर्थ सरोकार

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराको थुनछेक बहस सुरु भएको छ । शुक्रबार काठमाडौंको बबरमहलस्थित काठमाडौं जिल्ला अदालतमा निवर्तमान सभामुख महराको थुनछेक बहस सुरु भएको हो ।
अहिले जिल्ला अदालत काठमाडौंमा महरालाई उपस्थित गराएर न्यायाधीश सुर्दशनराज पाण्डेको एकल इजलासमा थुनछेकको बहस सुरु भएको हो। थुनछेक बहस सकिएपछि महरा छुटने, धरौटीमा रिहा हुने वा पुर्पक्षका लागि कारगार चलान गर्नै अदालतले फैसला गर्नेछ।
महरामाथि संसद सचिवालयकी महिला कर्मचारी रोशनी शाहीमाथि बलात्कारको आरोप लागेपछि प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका महरालाई सरकारी वकीलको कार्यालय, काठमाडौंले गत बिहीबार बलात्कार प्रयास गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: