गरिमा बिकास बैंकभित्र बाँदर छिरेर देखायो यस्तो चर्तिकला, भिडियोमा हेर्नुहोस् के-के भयो ? (भिडियो)


काठमाडौँ । बैंकभित्र बाँदर पसेर पैसा लुटेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ । घटना नवलपरासीको बर्दघाट नगरपालिका-४ मा रहेको गरिमा बिकास बैंकमा भएको हो । 

एक ग्राहकसँगै बैंकभित्र पसेको बाँदरले एक लाख रुपैयाँको गड्डी लिएर हिड्न थालेपछि रमाइलो देखियो  ।  बैंक भित्र घरपालुवा बाँदरले पैसा बोक्यो । बैंकभित्र आएका ग्राहकले पैसा बाँदरलाई नै बोक्न लगाएका थिए । बाँदरले पैसा बोकेको देखेर सबैजना उसैलाई हेर्न थाले।

ग्राहक पैसा राख्न बैंक आएका थिए । तर  बैंकभित्र छिरेपछि भने बाँदरले बोकेको पैसा कसैलाई छुन पनि दिएन । पछि ती ग्राहकले केहि समयपछि बाँदरबाट पैसा लिए। काम सकेर ग्राहक र बाँदर फर्किए। 

यहि घटनालाई लिएर कतिपया गफाडीहरुले भने बाँदरले बैंक लुटेको हल्ला चलाए । हेर्नुहोस बाँदरको चर्तिकला भिडियोमा  
प्रकाशित मिति : Tuesday, November 26, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal