×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल–भारत पारबहन सन्धि पुनरावलोकन बैठक काठमाडौंमा सुरु, सन्धिका विविध विषयमा छलफल हुने ! (भिडियो रिपोर्ट)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलवार

PRIME CA
laxmi sunrise bank

नेपाल–भारत पारबहन सन्धि पुनरावलोकन बैठक काठमाडौंमा सुरु, सन्धिका विविध विषयमा छलफल हुने ! (भिडियो रिपोर्ट)

काठमाडौँ । नेपाल–भारत पारवहन सन्धि पुनरावलोकन बैठक काठमाडौंमा सुरु भएको छ । नेपाललाई तेस्रो मुलुकसँग व्यापारका लागि पहुँच विस्तार तथा दुई मुलुकबीचको व्यापारमा सहजीकरणका लागि मंगलबारबाट काठमाडौंमा सो बैठक सुरु भएको हो । जलमार्ग र थप नयाँ बन्दरगाह प्रयोगबारे सन्धिमा समावेश हुने विषयलाई बैठकले अन्तिम रुप दिने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले जानकारी दिनुभयो । बैठकमा पारवहन सन्धिका विविध विषयमा छलफल हुने पनि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

बैठकमा हल्दिया–साहिवगञ्ज–कालुघाट जलमार्ग तथा गुजरातको मुन्द्रा र उडिसाको धाम्रा बन्दरगाह प्रयोगको विषयमा पनि विस्तृत छलफल हुने सहसचिव ढकालले बताउनुभयो । त्यसैगरी बैठकमा दुवै पक्षबीच विद्युतीय कार्गो निगरानी प्रणाली (ईटिएस) सम्बन्धमा पनि छलफल हुनेछ ।

२ दिनसम्म चल्ने सो सहसचिव स्तरीय सो बैठकको नेपाली पक्षको नेतृत्व उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले गर्नु भएको छ भने भारतीय पक्षको नेतृत्वको भारतका वाणिज्य विभागका एडिसनल सेक्रेटरी भूपिन्दर सिंह भल्लाले गर्नु भएको छ । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: