×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सार्वजनिक खरिद नियमावली–२०७६’ नसच्याएसम्म आन्दोलन जारी राख्ने निर्माण व्यवसायीको चेतावनी ! (भिडियो रिपोर्ट)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलवार

PRIME CA
laxmi sunrise bank

‘सार्वजनिक खरिद नियमावली–२०७६’ नसच्याएसम्म आन्दोलन जारी राख्ने निर्माण व्यवसायीको चेतावनी ! (भिडियो रिपोर्ट)

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघले ‘सार्वजनिक खरिद नियमावली–२०७६’ तत्काल सच्याउन सरकारलाई दवाव दिएको छ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माणमैत्री हुने गरी सो नियमावली तत्काल सच्याएर विकास निर्माणको कामलाई सूचारु गराउने वातावरण बनाउन सरकारसँग माग गर्नु भएको हो । सो नियमावली सच्याउनका लागि मंगलबार पनि प्रधानमन्त्री निवास बालुवाटारमा एक घण्टा धर्ना दिन पुग्नु भएका उहाँले सो नियमावली निर्माणमैत्री हुने गरी नसच्याएसम्म आफूहरुको आन्दोलन जारी राख्ने चेतावनी पनि दिनुभयो ।

हातमा कालो पट्टि बाधेर मंगलबार पनि विहान ९ बजेदेखि साँढे १० बजेसम्म धर्नामा बसेका निर्माण व्यवसायीहरुले विकास आयोजनाहरुको म्याद थप, बैंक क्रेडिट लाइन लगायतका २५ बुँदे माग सम्बोधन गर्नका लागि सरकारलाई दवाव दिँदै प्रधानमन्त्री निवास अगाडी धर्ना दिने कामलाई निरन्तरता दिएका हुन्  । धर्नामा बसेका निर्माण व्यवसायीहरुले ‘विकास रोक्ने कानुनले समृद्ध नेपाल बन्दैन’ लेखिएका प्लेकार्डहरु पनि प्रर्दशन गरेका थिए । हेर्नुहोस् भिडियो :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: