×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पत्रकारहरु गिरफ्तारीमा पर्ने क्रम बढेकोमा नेपाल पत्रकार महासंघ चिन्तित ! (भिडियो रिपोर्ट)

PRIME CA

पत्रकारहरु गिरफ्तारीमा पर्ने क्रम बढेकोमा नेपाल पत्रकार महासंघ चिन्तित ! (भिडियो रिपोर्ट)

९ मंसिर २०७६, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपाल पत्रकार महासंघले समाचार लेखेको आधारमा पत्रकारहरु गिरफ्तारीमा पर्ने क्रम बढेको भन्दै चिन्ता ब्यक्त गरेको छ । आइतबार काठमाडौँमा पत्रकार बिरुद्धहुने अपराधको दण्डहिनता अन्त्य सम्बन्धि अन्तराष्ट्रिय दिवशको अवसरमा आयोजित कोण सभामा महासंघका महासचिव रमेश बिष्टले चिन्ता ब्यक्त गर्नुभयो । ५२ साल यता हत्या भएका तथा बेपत्ता पारिएका पत्रकारहरुले न्याय पनि नपाएको बताउनुभयो । हत्या जस्तो जघन्य अपराधमा दोषी देखिएका व्यक्तिहरु कारबाही पर्नुको सट्टा राजनैतिक संरक्षण पाएर खुलेआम हिडेको बताउनुभयो । 
पछिल्लो समय पत्रकारहरुलाई गिरफ्तारी गर्ने, कुटपिट गर्ने, समाचार लेखेको आधारमा सांघातिक आक्रमण गर्ने, सुरक्षा निकाय समेत मुक दर्शक बन्ने कारणले दण्डहिनता बढेको महासचीव बिष्टले बताउनुभयो । अहिले पत्रकारहरु सामाजिक रुपमा असुरक्षित बन्ने तथा सरकार समेत विभिन्न बिधेयक मार्फत समग्र पत्रकारितालाई अंकुश लगाउने, नियन्त्रण गर्ने योजनामा रहेको महासचिव बिष्टले बताउनुभयो । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: