तीन लाख ६० हजार नगदसहित जुवाडे पक्राउ !

काठमाडौं - प्रहरीले नागार्जुनबाट ३ लाख ६० हजार नगदसहित १० जना जुवाडे पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त स्वयम्भूको टोलीले नागार्जुन नगरपालिका–३ इचङ्गुनारायणमा कौडा खेलिरहेको अवस्थामा मंगलबार राति उनीहरुलाई पक्राउ गरेको हो । 

प्रहरीलर उनिहरुबाट ३ लाख ६० हजार नगद र १६ थान कौडा बरामद गरेको छ ।  वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले ठूलो रकम हारजित हुने गरी कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।
प्रकाशित मिति : Wednesday, November 13, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal