×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बङ्गलादेशका राष्ट्रपति हमिद आज पोखरा जाँदै, यस्तो छ पोखराको कार्यतालिका…!

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार

PRIME CA
laxmi sunrise bank

बङ्गलादेशका राष्ट्रपति हमिद आज पोखरा जाँदै, यस्तो छ पोखराको कार्यतालिका…!

काठमाडौँ । बङ्गलादेशका राष्ट्रपति अब्दुल हमिद आज पोखरा जाने भएका छन् । राष्ट्रपति हमिद आज बिहान ११ः३० बजे नेपाली सेनाको हेलिकप्टरबाट पर्यटकीय नगरी पोखरा विमानस्थलमा पुग्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बताए । 
राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा बङ्गलादेशका राष्ट्रपति हमिद कात्तिक २६  बुधबार नेपालको चार दिवसीय सद्भावना भ्रमणमा आएका हुन् । हमिदलाई पोखरा विमानस्थलमा गण्डकी प्रदेशका प्रदेश प्रमुख, कार्यवाहक मुख्यमन्त्री, मन्त्री, जनप्रतिनिधि, सरकारी उच्चपदस्थ अधिकारीले स्वागत गर्नेछन् भने उनको सम्मानको लागि पोखरा महानगरपालिकाले दुई झाँकी देखाउने तयारी गरेको छ । 
पोखरा भ्रमणका क्रममा राष्ट्रपति हमिदले फेवाताल किनारास्थित फिष्टेल लजमा आराम गर्नुका साथै केही समय फेवातालमा जलविहार गर्ने कार्यक्रम रहेको छ । जलविहारपश्चात नेपाली सेनाको हेलिकोप्टरबाट रुपा गाउँपालिकास्थित रुपाकोट रिसोर्ट पुगी त्यहाँबाट पर्यटकीय नगरी पोखराको दृश्यावलोकन गर्नेछन् । त्यसपछि, राष्ट्रपति हमिद आजै काठमाडौँ फर्किने प्रजिअ केसीले जानकारी गराए ।
परराष्ट्रका मन्त्रालयका अनुसार बंगलादेशका राष्ट्रपति नेपाल भ्रमण पूरा गरेर शुक्रबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: