प्रहरी जवानले तीन हजारको चेकलाई ३० हजार बनाएर साटे, पोल खुलेपछि निलम्बनको तयारी !

काठमाडौँ । चेक किर्ते गरेको अभियोगमा महोत्तरीमा प्रहरी जवान पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत जवान राजेश सुवेदी राष्ट्रिय वाणिज्य बैंकको चेक किर्ते गरेको अभियोगमा पक्राउ परेका हुन् । बैंकको जलेश्वर शाखामा क्रमश: ३ हजार र ४ हजारका चेकलाई ३० हजार र ४० हजार बनाएर साटेको अभियोगमा पक्राउ परेका हुन् । उनले आफ्नै नाममा काटिएका चेकलाई रकम थपी किर्ते गरेका हुन् ।  

बैंकको जलेश्वर शाखाका प्रवन्धक शिवशंकर यादवले अर्थ सरोकार डटकमलाई दिएको जानकारी अनुसार उनले ७००० निकाल्नुपर्ने ठाउँमा ७० हजार रुपैयाँ निकालेका थिए । प्रहरीमा उजुरीपछि यस्तो रहस्य खुलेको हो । घटनामा दोषी देखिएपछि उनलाई निलम्बन प्रक्रिया अगाडी बढाईएको महोत्तरीका प्रहरी उपरीक्षक श्याम कृष्ण अधिकारीले जनाएका छन् । 
प्रकाशित मिति : Friday, November 15, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal