सानिमा बैंकले ४० लाख कित्ता ऋणपत्र निष्काशन गर्दै, हेर्नुहोस् यस्तो छ रेटिङ

काठमाडौं - सानिमा बैंकले ४० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएको छ ।  बैंकले उक्त ऋणपत्र जारी गर्नको लागि  रेटिङ गरेको छ । इक्रा नेपालले यो ऋणपत्रलाई न्यून जोखिम जनाउने ‘इक्रा एनपी एलए’ रेटिङ दिएको छ ।

बैंकले प्रति कित्ता १ हजार रुपैयाँको दरले ४ अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्न लागेको हो । ऋणपत्र ल्याउन रेटिङ गराए पनि हालसम्म धितोपत्र बोर्डमा आवेदन भने दिएको छैन । नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि बिक्री प्रक्रिया अघि बढ्नेछ । 
प्रकाशित मिति : Tuesday, November 26, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal