×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सातै प्रदेशका नयाँ प्रदेश प्रमुखहरुले लिए सपथ !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलवार

PRIME CA
laxmi sunrise bank

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सातै प्रदेशका नयाँ प्रदेश प्रमुखहरुले लिए सपथ !

काठमाडौं । सात वटै प्रदेशका नयाँ प्रदेश प्रमुखहरुले पद तथा गोपनियताको सपथ लिएका छन् । सोमबार सात वटै प्रदेशका नयाँ प्रदेश प्रमुखहरुले मंगलाबार बिहान राष्ट्रपति कार्यालय सितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ सपथ लिएका हुन् ।
जसअनुसार प्रदेश १ मा सोमनाथ अधिकारी प्यासी, २ मा तिलक परियार, ३ मा विष्णुप्रसाद प्रसाईं, गण्डकीमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णालीमा गोविन्द प्रसाद कलौनी र सुदूरपश्चिममा शर्मिला कुमारी पन्त रहेका छन् ।
सपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, प्रधान न्यायाधीश चोलेन्द्र समशेर जवरा लगायतको उपस्थिति थियो ।
सरकारले आइतबार काँग्रेसका पालामा नियुक्त भएका प्रदेश प्रमुखहरु प्रदेश १ का प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङ, २ का रत्नेश्वरलाल कायश्थ, ३ का अनुराधा कोइराला, गण्डकी प्रदेशमा बाबुराम कुँवर, प्रदेश ५ का उमाकान्त झा, कर्णाली प्रदेशमा दुर्गाकेशर खनाल र सुदूरपश्चिम प्रदेशमा मोहनराज मल्लको बर्खास्ती गरेको थियो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: