×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भन्सार र कर कार्यालयका ६० जना उच्च कर्मचारीको सरुवा, कसले कहाँको जिम्मेवारी पाए ? (सूचीसहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २४ कार्तिक २०७६, आईतवार

PRIME CA
laxmi sunrise bank

भन्सार र कर कार्यालयका ६० जना उच्च कर्मचारीको सरुवा, कसले कहाँको जिम्मेवारी पाए ? (सूचीसहित)

काठमाडौँ । अर्थ मन्त्रालयले कर र भन्सार कार्यालयका ६० जना उपसचिवको सरुवा गरेको छ । मन्त्रालय र केन्द्रीय विभागको जिम्मेवारी सम्हालिरहेका उपसचिवहरुलाई कर र भन्सार कार्यालयको नेतृत्व दिइएको हो । यससँगै अनुभवी र दक्ष उपसचिवहरुले भन्सार र कर कार्यालय समाल्ने भएका छन् ।
अर्थमन्त्रालय स्रोतका अनुसार कर र भन्सार कार्यालयमा २ वर्ष बिताएका उपसचिवहरुलाई विभाग तथा मन्त्रालयमा सरुवा गरिएको छ भने मन्त्रालयमा र विभागमा लामो समय काम गरेका उपसचिवलाई भन्सार र कर कार्यालयको जिम्मेवारी दिइएको हो । 
अर्थ मन्त्रालयका अनुसार काठमाडौंभित्रको कलंकी, कालिमाटी, बत्तिसपुतली, महाराजगन्ज र चावहिलका कर कार्यालय प्रमुखको सरुवा भएको छ । ललितपुर कर कार्यालयका प्रमुखको विभागमा सरुवा भएको छ भने आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख पनि विभागमा आइपुगेका छन्। 
यस्तै आन्तरिक राजस्वतर्फ भद्रपुर, धरान, धनगढी, कन्चनपुर लगायतका कार्यालय प्रमुखको सरुवा भएको छ।भन्सारतर्फ विराटनगर र मेची भन्सार कार्यालयका प्रमुखको सरुव भएको छ भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका २ उपसचिवको पनि सरुवा भएको छ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: