×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नवनियुक्त मन्त्री र राज्यमन्त्रीको शपथ ११ बजे !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ५ मंसिर २०७६, बिहीबार

PRIME CA
laxmi sunrise bank

नवनियुक्त मन्त्री र राज्यमन्त्रीको शपथ ११ बजे !

काठमाडौँ । नवनियुक्त मन्त्रीहरूको बिहिवार (आज) पद तथा गोपनीयताको शपथग्रहण हुने भएको छ ।बिहीबार बिहान ११ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा नवनियुक्त मन्त्रीहरूलाई शपथ गराउने तय भएको राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । 
प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद पुनर्गठनमा ६ मन्त्री र ३ राज्यमन्त्री गरी ९ जना नयाँ अनुहार आएका छन् । नयाँ मन्त्रीमण्डलमा हृदयश त्रिपाठी, घनश्याम भुसाल, लेखराज भट्ट, रामेश्वर राय यादव, पार्वत गुरुङ र बसन्तकुमार नेम्वाङ नयाँ मन्त्रीको रुपमा नियुक्त भएका छन् भने मोतिलाल दुगड, नवराज रावत र रामवीर मानन्धर राज्यमन्त्रीका रुपमा नियुक्त भएका छन् ।
यस्तै ओलीले चक्रपाणि खनाल, मातृका यादव, गोकर्ण विष्ट, थममाया थापा, लालबाबु पण्डित र रघुवीर महासेठलाई बिदाइ गरेका छन् भने राज्यमन्त्रीहरु धनबहादुर बूढा, रामकुमारी चौधरी र सुरेन्द्र कुमार यादव पनि बिदा भएका छन् ।
यता उपप्रधान तथा ईश्वर पोखरेल, गृहमन्त्री रामवहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, उर्जामन्त्री वर्षमान पुन, सञ्चारमन्त्री गोकुल बस्कोटा, अर्थमन्त्री डा. युवराज खतिवडा र पर्यटनमन्त्री योगेश भट्टराईको जिम्मेवारी यथावत रहेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: