×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्टयान्डर्ड चार्टर्ड बैंकद्वारा नयाँ ब्याजदर सार्वजनिक, कर्जा र निक्षेपमा कति ?

PRIME CA

स्टयान्डर्ड चार्टर्ड बैंकद्वारा नयाँ ब्याजदर सार्वजनिक, कर्जा र निक्षेपमा कति ?

अर्थ सरोकार

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार

काठमाडौं । स्टयान्डर्ड चार्टर्ड बैंकले पनि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले कर्जा र  निक्षेप दुवैतर्फको नयाँ ब्याजदर सार्वजनिक गरेको हो । 
बैंकद्वारा सार्वजनिक उक्त नयाँ ब्याजदर मंगलबार  देखि नै लागु  हुनेछ । स्टयान्डर्डले व्यक्तिगत र संस्थागत मुद्दति निक्षेपमा ६ देखि ८.२५ प्रतिशतसम्म ब्याज दिनेछ भने बचतमा ४ देखि ६ प्रतिशतसम्म ब्याज दिनेछ । 
हाल यस बैंकका ८ किसिमका बचत खाताहरु सञ्चालनमा रहेका छन् । यस्तै बैंकले ९१ दिनका लागि ६ प्रतिशत, १८२ दिनका लागि ७ प्रतिशत, २ बर्षसम्मका लागि ८.२५ प्रतिशत र ३ वर्षका लागि ६.५ प्रतिशत व्यक्तिगत निक्षेपमा ब्याज बैंकले तोकेको छ । 
त्यसैगरी बैंकले हाल १६ किसिमका कर्जा दिईरहेको छ । कर्जामा ९.६३ देखि १५.३१ प्रतिशतसम्म ब्याजदर तिर्नुपर्नेछ । ओभर ड्राफ्ट कार्डबाट कर्जा लिँदा १२.६३ प्रतिशत, व्यक्तिगत कर्जा लिँदा १५.३१ प्रतिशत, ग्रामिण प्राथमिक कर्जा लिंदा १४.६३ प्रतिशत , होम लोन लिंदा १२.६३ प्रतिशत र अटो लोन लिंदा १२.६३ प्रतिशतसम्म ब्याज तिर्नुपर्नेछ । 
असोज मसान्तसम्म बैंकको आधार दर ७.६३ प्रतिशत रहेको छ भने स्प्रेडदर ५.५८ प्रतिशत रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: