नक्कली नोटसहित बंगलादेशी नागरिक पक्राउ !

काठमाडौँ । नक्कली नोटसहित ४ जना बंगलादेशी नागरिक पक्राउ परेका छन् । महानगरिय प्रहरी वृत्त थिमीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वर्ष ४१ का अलि अहमद, वर्ष २१ का रोबेल मिक्दा, वर्ष २१ का महमद उल्लाहा र वर्ष २६ का सुमन खान रहेका छन् ।

नक्कली नोट दिई फरार रहेका मुख्य अभियुक्त सुमन खानलाई आईतबार राती काठमाडौ पेप्सीकोला टाउनप्लानिङमा लुकीछिपी बसिरहेको अवस्थामा र उनकै कोठामा बस्दै आएका अन्य तीन जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको हो ।

खान लोकन्थलीमा रहेको लक्ष्मी सिलाई केन्द्रमा काम गर्ने गरेको र कोठामा खानतलासी गर्दा १ हजार दरका नक्कली जस्तो देखिने १६ थान गरी जम्मा १८ थान नेपाली नोट बरामद गरिएको पनि प्रहरीले जनाएको छ । 
प्रकाशित मिति : Tuesday, December 24, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal