जनप्रतिनिधिहरुलाई गाउँ प्रवेश निषेध गर्ने बुढीगण्डकी प्रभावित क्षेत्रका स्थानीयहरुको चेतावनी


काठमाडौँ - बुढीगण्डकी प्रभावित क्षेत्रका स्थानीयहरुले जनप्रतिनिधिहरुलाई गाउँ जान प्रवेश निषेध गर्ने भएका छन् ।

उनीहरुले मुआब्जा कम भएको भन्दै आन्दोलन गरिरहदा समेत एकवद्धता जनाउन नआएकाले जनप्रतिनिधिलाई त्यस क्षेत्रमा जान प्रतिवन्ध गरिएको बताएका हुन् । आन्लदोलनरत धादिङ विशालनगर खहरेका सुमन धरेलले जनप्रतिनिधिलाई निषेध गरिएको बताउनुभयो । उहाँले हरेकदिन काठमाडौंको माइतिघर मण्डलामा प्रदर्शन गर्दै आउँदा समेत सकरारले आफुहरुको मागप्रति कुनै चासो नदिएको बताउनुभयो । बुढीगण्डकी जलविद्युत आयोजनाबाट प्रभावित गोर्खाको आरुघाट आर्खेत र धादिङ्को विशालनगर खहरे क्षेत्रको मुआब्जाको मूल्य निर्धारणमा पुर्नविचार गर्न माग गर्दै बुढीगण्डकी जलविद्युत आयोजना सरोकार समितिले हरके दिन आदनेलन गर्दै आएको छ । तर सरकारले अहिले सम्म जनताको माग पुरा गर्न कुनै सुनुवाई नगरेको र जनप्रतिनिधिले समेत चासो नदिएकाले त्यस क्षेत्रमा जान प्रतिवन्ध गरिएको धरेलले बताउनुभयो ।

सरोकार समितिका अध्यक्ष दिनेश कुमार ढकालले सरकारले यसअघि धेरै कम मुल्य निर्धारण गरेकाले आन्दोलन गर्नुपरेको बताउनुभयो । उहाँले पुनः मूल्य निर्धारण नगरे कडा आन्दोलन गर्ने चेतावनी समेत दिनुभयो ।
प्रकाशित मिति : Monday, December 09, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal