×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एटीएम फुटाएर पैसा चोरिरहेका दुई जना पक्राउ : ढुंगा, पिलास, फलामलगायतका वस्तु बरामद

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १४ पुष २०७६, सोमबार

PRIME CA
laxmi sunrise bank

एटीएम फुटाएर पैसा चोरिरहेका दुई जना पक्राउ : ढुंगा, पिलास, फलामलगायतका वस्तु बरामद

काठमाडौं । महानगरीय प्रहरी वृत्त थानकोटले सिटिजन्स बैंकको एटिएम फुटाएर रकम चोरी गर्न लागेका दुई जनालाई पक्राउ गरेको छ । बैंकको चन्द्रागिरी नगरपालिका-७ थानकोट शाखाको एटिएम बुथ फुटाएर रकम चोरी गर्न लागेको अवस्थामा प्रहरी उनीहरुलाई नियन्त्रणमा लिन सफल भएको हो । 
पक्राउ पर्नेहरूमा वर्ष २४ का चित्र बहादुर शाही र वर्ष २० का नन्दराज धराल रहेका छन्। शनिबार राति पक्राउ परेका उनीहरुको साथबाट एटिएम मेसिन फुटाउन प्रयोग गरेको ढुंगा, पिलास, फलामको रेन्च र चक्कु बरामद गरेको छ। 
शाही र धरालले एटिएम राखेको सटरको ताल्चा र मेसिन समेत फुटाएको प्रहरीले जानकारी दिएको छ । साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: