×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘कमेडी च्याम्पियन’मा चम्किँदै सुमन काेइराला

PRIME CA

‘कमेडी च्याम्पियन’मा चम्किँदै सुमन काेइराला

अर्थ सरोकार

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार

काठमाडौं – अहिले नेपालमा कमेडी रियालीटी शाे ‘कमेडी च्याम्पियन’ चलिरहेको छ । पहिलोपटक नेपालमा सुरु भएको यो रियालीटी शाेको चर्चा पनि शिखरमा छ । शाेमा प्रस्तुत हुने प्रतिस्पर्धीले दर्शकस्रोता दिनहुँ बटुल्दै छन् । 
यसैबीच ‘कमेडी च्याम्पियन’मा प्रतिस्पर्धा गरिरहेका सुनसरी इटहरीका सुमन कोइराला पनि दिनहुँ दर्शकस्रोता बटुल्दै छन् । सोमा प्रस्तुत गर्ने उनका विषयवस्तु र प्रस्तुतीका कारण सुमनका दर्शकस्रोता बढ्दै गएका हुन् । उनी ‘कमेडी च्याम्पियन’ को ‘टप–१५’ भित्र प्रवेश गरिसकेका छन् । सानैदेखि हास्यक्षेत्रमा निकै रुचि भएका सुमनका लागि यो ‘शाे’ उपयुक्त मञ्च बन्न पुगेको छ । आफूभित्र भएको प्रतिभा पोख्ने मञ्च पाउँदा उनी औधी खुुसी छन् । 
सुमनको खुसी उनले प्रस्तुत गर्ने विषयवस्तुले पनि देखाउँछ । उनले अहिलेसम्म प्रस्तुत गरेका विषयवस्तुप्रति निर्णायकसँगै दर्शकस्रोता अत्यन्तै सन्तुष्ट छन् । सुमनले ‘कमेडी च्याम्पियन’मा प्रस्तुत गर्ने विषय नेपाली यथार्थ बोकेका हुन्छन् । अझ भन्नुपर्दा सुमनको विषयवस्तुमा नेपालीपनको सुगन्ध आइरहेको हुन्छ । यो कुरा कार्यक्रम हेरेपछि दर्शक र जजले नै भनेका हुन् ।
सुमनले सरकारी र निजी विद्यालयबीचको तुलानासहितको प्रस्तुतीको धेरैले तारिफ गरेका थिए । निर्णायकले पनि उनको प्रस्तुतीको खुलैरै तारिफ गरेका छन् । एकै विषयवस्तुमा रहेर सम्पूर्ण जानकारी दिनसक्ने उनको खुबी देख्दा निर्णायक मख्ख छन् । सुमनले टप–१० मा पुग्नका लागि ‘रक्सी भट्टी’बारे विषयवस्तुमा प्रस्तुती राखेका थिए । यो प्रस्तुती पनि निर्णायकसहित दर्शकस्रोताले अत्यधिक रुचाएका छन् । 

सोमबार टप–१५ बाट टप–१० का पुग्नका लागि सबै प्रतिस्पर्धीले प्रस्तुती दिइसकेका छन् । टप–१० प्रस्तीस्पर्धी भोटका आधारमा छानिने छन् । नेपालमा रहेका दर्शकले इ–सेवा एप डाउनलोड गरि आफ्नो प्रस्तीस्पर्धीलाई भोट गर्न सक्ने छन् । यस्तै नेपाल बाहिर रहेका दर्शकले ‘कमेडी च्याम्पियन’एप डाउनलोड गरेर भोट गर्नसक्ने आयोजकले जनाएको छ । 
पहिलो पटक नेपालमा सुरु भएको ‘कमेडी च्याम्पियन’ कान्तिपुर टेलिभिजन र रेडियो अडियोबाट प्रशारण भइरहेको छ । यो शोको निर्णायकमा हास्यकलाकार सन्तोष पन्त, मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र चलचित्र निर्देशक प्रदीप भट्टराई छन् । 
विशाल भण्डारीले निर्देशन गरिरहेको ‘कमेडी च्याम्पियन’मा होस्ट रिमा विश्वकर्मा छिन् । विजेताले २५ लाख नगद र एउटा कार प्राप्त गर्ने छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: