एक्सेल डेभलपमेन्ट बैंकको ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र फारम भर्नु पर्ने !

काठमाडौं - एक्सेल डेभलपमेन्ट बैंकको ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा आउने भएको छ । सार्वजनिक भएको सूचना अनुसार बैंकका संस्थापक सेयरधनी राज बस्ताकोटीले आफ्नो नाममा रहेकोे सेयर बिक्री गर्न लागेको हो। यसको बिक्री मूल्य भने खुलाइएको छैन । सेयर खरिद गर्न बैंकको संस्थापक सेयरधनी नै हुनुपर्नेछ ।

किन्न चाहने संस्थापक सेयरधनीले सूचना सार्वजनिक भएको मितिले ३५ दिन भित्र बैंकको मुख्य कार्यालय बिर्तामोड झापामा सम्पर्क गर्नुपर्नेछ । तोकिएको अवधिमा कोही पनि संस्थापक सेयरधनीबाट आवेदन नआएमा भने सर्वसाधारणका लागि बिक्री खुला गर्न सकिनेछ ।
प्रकाशित मिति : Sunday, December 01, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal