सोमबार बढ्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ - साताको कारोबारको दोस्रो दिन सोमबार सुनचाँदीको मूल्य बढेको छ । आइतबार प्रतितोला ७१ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ३ सयले बढेर प्रतितोला ७१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर प्रति तोला ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ६१ हजार ६ सय ४५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७ सय ३७ रुपैयाँ ५ पैसा कायम गरेको छ ।
प्रकाशित मिति : Monday, December 23, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal