×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गुडविल फाइनान्सले २ लाख ५० हजार कित्ता ऋणपत्र बिक्री गर्दै, अनुमति माग्न धितोपत्र बोर्डपुग्यो कम्पनी !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलवार

PRIME CA
laxmi sunrise bank

गुडविल फाइनान्सले २ लाख ५० हजार कित्ता ऋणपत्र बिक्री गर्दै, अनुमति माग्न धितोपत्र बोर्डपुग्यो कम्पनी !

काठमाडौं – गुडविल फाइनान्सले २ लाख ५० हजार कित्ता ऋणपत्र बिक्री गर्ने भएको छ । कम्पनीले उक्त ऋणपत्र जारी गर्नको लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले प्रतिकित्ता १ हजार रुपैयाँको दरमा २५ करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न लागेको हो । कम्पनीले बिक्री गर्ने २ लाख ५० हजार कित्ता ऋणपत्रमध्ये १ लाख कित्ता सर्वसाधारणका लागि र बाँकी १ लाख ५० हजार इकाई संघसंस्थालाई बिक्री गरिनेछ । 
कम्पनीले वर्ष अवधिको गुडविल फाइनान्स डिबेन्चर २०८३’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यस ऋणपत्रमा वार्षिक १२% ब्याजदर पाइनेछ । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यपिटलले गर्नेछ । अब नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि बिक्री प्रक्रिया अघि बढ्नेछ । यस फाइनान्सले निष्कासन गर्न लागेको ऋणपत्रलाई इक्रा नेपालले मध्यम सुरक्षा जनाउने ‘इक्रा एनपी एलबीबी’ रेटिङ्ग दिएको छ । अब नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि बिक्री प्रक्रिया अघि बढ्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: