ज्योति विकास बैंकको सामाजिक कार्य : नेपाल ट्राफिक प्रहरी क्षेत्रीय कार्यालय प्रदेश नं २ लाई १५ थान ब्यारियर गेट सहयोग

काठमाडौं - ज्योति विकास बैंकद्वारा नेपाल ट्राफिक प्रहरी क्षेत्रीय कार्यालय प्रदेश नं २ लाई १५ थान ब्यारियर गेट सहयोग गरेको छ। 

गढिमाई मेलाको समय हुने श्रद्धालुहरुको भीड व्यवस्थापनको लागि बैंकले नेपाल ट्राफिक प्रहरी क्षेत्रीय कार्यालयलाई ब्यारियर गेट प्रदान गरेको हो ।

प्रदेश नं २ नेपाल ट्राफिक प्रहरीको पथलैया कार्यालयको प्राङ्गणमा आयोजित हस्तान्तरण कार्यक्रममा ट्राफिक प्रहरी कार्यालयका एसपी योग बहादुर पालको उपस्थिति रहेको थियो। 

गढिमाई मेलालाई लक्षित गरि वितरण गरिएको ब्यारियर गेट प्रदेश नं २ भरिको अन्य कार्यक्रमहरुमा उपयोगी हुने कुरा ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
प्रकाशित मिति : Tuesday, December 03, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal