×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार १.८२ अंकले बढ्यो बजार, कारोबार ५३ करोड ८३ लाख माथि

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ९ पुष २०७६, बुधबार

PRIME CA
laxmi sunrise bank

बुधबार १.८२ अंकले बढ्यो बजार, कारोबार ५३ करोड ८३ लाख माथि

काठमाडौँ – साताको कारोबारको चौथौ दिन बुधबार बजार बढेको छ । मंगलबारको तुलनामा बजार १.८२ अंकले बढेर ११६८.०३ विन्दुमा आइपुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ७५ कम्पनीको १६ लाख ८१ हजार ८३८ कित्ता सेयर खरिद बिक्री हुँदा ५३ करोड ८३ लाख माथिको कारोबार भएको छ । जसमा सबै भन्दा बढी कारोबार सानिमा बैंकको ऋणपत्रको भएको छ । यस कम्पनीको कुल १० करोड ३३ लाखमाथिको कारोबार भएको छ । त्यसपछि क्रमश नेपाल बैंक र प्राइम कमर्सियल बैंकको भएको छ । 
यस्तै बैंकिङ, होटल्स, विकास बैंक, निर्जीवन बिमा, म्यानुफ्याक्चर एण्ड प्रोडक्सन समूह,अन्य, जीवन विमा र म्युचुअल फन्ड बढेका छन् भने व्यापार, फाइनान्स, हाइड्रोपावर  र माइक्रोफाइनान्स घटेका छन् । 
बुधबार सबैभन्दा धेरै नेपाल सेवा लघुवित्त वित्तीय संस्था र कञ्चन डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै नेपाल फाइनान्स र समृद्धि फाइनान्स कम्पनीले गुमाएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: