एनआईसी एशिया बैंकको नयाँ शाखा ललितपुरको सानेपामा, महानगरपालिकाका मेयर महर्जनद्वारा उद्घाटन !

ललितपुर
काठमाडौँ - एनआईसी एशिया बैंकले ललितपुरको सानेपामा नयाँ शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ । बैंकले ग्रामीण तथा शहरी क्षेत्रमा आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै उक्त शाखा संचालनमा ल्याएको जनाएको छ ।

उक्त नयाँ शाखाको उद्घाटन ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नं. २ स्थित सानेपा शाखाको सोही महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले गरेका हुन् ।

हाल यस बैंकको मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४०५ एटिएम, ९६ वटा एक्स्टेन्सन काउण्टर एवं ४४ वटा शाखारहित बैंकिङ्ग मार्फत आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
प्रकाशित मिति : Wednesday, December 25, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal