ओरियन्टल होटलको बोनस सेयर नेप्सेमा सूचिकृत

काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ओरियन्टल होटलको बोनस सेयर सूचीकृत भएको छ । आइतबारको कारोबारमा ओरियन्टल होटलको ५ लाख ३७ हजार १८५.९२ कित्ता सूचिकृत भएको छ। यस होटलको कात्तिक ७ गते सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट ५% बोनस र १०.७९% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । 

सोही ५% बोनस सेयर आइतबार नेप्सेमा सूचीकृत भएको हो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ओरियन्टलले १ करोड ३१ लख २२ हजार रुपैयाँ खुद नाफा गरेको छ ।
प्रकाशित मिति : Monday, December 09, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal