सिद्धार्थ बैंकले वार्षिकोत्सवको अवसरमा ल्यायो छुट योजना, मात्र ३१ दिन लागू हुने

काठमाडौं - सिद्धार्थ बैंक लिमिटेडले १७औं वार्षिकोत्सवको उपलक्ष्यमा आफ्ना ग्राहकहरूको सुविधाको लागि विशेष छुटको योजना ल्याएको छ । पुस ९ गते रहेकाे १७औं वार्षिकोत्सवलाई लक्षित गर्दै बैंकले ३१ दिनसम्म लागू हुने गरी उक्त याेजना ल्याएकाे हाे । उक्त छुट पुस ९ गतेदेखि माघ १० गतेसम्म लागू हुने बैंकले जनाएकाे छ ।

यस योजनामा ग्राहकहरुले निम्न बमोजिम छुटहरु पाउने छन्ः
-दराजमा कार्ड मार्फत् सामान खरिद गर्दा १५ प्रतिशतसम्म (अधिकतम ५०० रुपैयाँ) छुट

-पहिलो दुई पटक ५०० रुपैयाँ वा सो भन्दा बढि रकमको अनलाइन कारोबार गर्दा ५०० रुपैयाँ क्यास ब्याक

-पहिलो दुई पटक ५०० रुपैयाँ वा सो भन्दा बढि रकमको पीओएस मेसिन मार्फत् कारोबार गर्दा ३८२ रुपैयाँ क्यास ब्याक

-एक महिना भित्र कम्तिमा तीन पटक गरी कुल १५ हजारको पीओएस मेसिन मार्फत् कारोबार गर्दा एक हजार रुपैयाँ क्यास ब्याक

-बैंक स्मार्ट मार्फत् पहिलो पटक अधिकतम ५०० रुपैयाँको मोबाइल टप अप गर्दा २० प्रतिशत क्यास ब्याक
प्रकाशित मिति : Wednesday, December 25, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal