स्वावलम्बन लघुवित्तले ४०% लाभांश पारित गर्न पुस २० मा बोलायो साधारणसभा

काठमाडौं - स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले १८औँ बार्षिक साधारणसभा गर्न मिति तय गरेको छ । संस्थाको बार्षिक साधारणसभा पुस २० गते एलिस रिसेप्सन, गैह्रीधारा, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । संस्थाले सभामा ४०% लाभांश प्रस्ताव पेस गर्ने भएको छ। 

संस्थाले सभामा गत वर्षको नाफाबाट २६% बोनस र १४% नगद गरी कुल ४०% लाभांश प्रस्ताव पेस गर्ने भएको हो । हाल यसको चुक्ता पुँजी ६२ करोड ८८ लाख ८८ हजार रुपैयाँ रहेको छ । बोनस वितरणपछि पुँजी ७९ करोड २३ लाख ९८ हजार रुपैयाँ पुग्नेछ ।

प्रकाशित मिति : Wednesday, December 04, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal