गणपुरक संख्या नपुगेपछि अर्थ समितिको बैठक स्थगित !

काठमाडौँ - संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठक स्थगित भएको छ ।  बिहीबार बिहान ११ बजेका लागि संघीय संसद सचिवालय सिंहदरबारमा बोलाइएको बैठकमा सांसदहरुको गणपुरक संख्या नपुगेपछि बैठक स्थगित भएको हो । 

बैठकमा राजश्व परिचालन, बजेट कार्यान्वयन र पूँजिगत खर्चको प्रवृति, समस्या र सुझाव, समष्टिगत अर्थतन्त्रका परिसूचकहरु र तिनको प्रवृत्ति लगायतका विषयमा विज्ञहरुसँग छलफल गर्ने कार्यसूची रहेको थियो ।
प्रकाशित मिति : Thursday, December 26, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal