×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

११ हजार युवालाई भौचरमा आधारिक दुई दिने तालिम, रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्य ! (भिडियो रिपोर्ट)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ७ पुष २०७६, सोमबार

PRIME CA
laxmi sunrise bank

११ हजार युवालाई भौचरमा आधारिक दुई दिने तालिम, रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्य ! (भिडियो रिपोर्ट)

काठमाडौ । व्यवसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाले सोमबारबाट भौचर मेलाको आयोजना गर्ने भएको छ । भौचरमा आधारित छोटो अवधिको तालिमका सहभागिहरुलाई भौचर वितरण सोमबार र मंगलबार  गरी दुई दिन मेला आयोजना हुने भएको हो । यो आर्थिक वर्षमा ३१ हजार ७५० युवाहरुलाई तालिम दिने उद्देश्यले उपत्यकाभन्दा बाहिर नतिजामा आधारित र उपत्यका भित्र भौचरमा आधारित छोटो अवधिको तालिमको आयोजना गर्ने लक्ष्यसहित सोमबारबाट भौचर मेलाको आयोजना हुने भएको हो । तोकिएको मापदण्ड अनुसार छनौट भएका ७४ जिल्लाका ६० वटा विद्यालयहरुमा नतिजामा आधारित र उपत्यकामा भौचरमा आधारित तालिम प्रदान गरिने परियोजना निर्देशक चन्द्रकान्त भूसालले बताउनुभयो ।
उपत्यकामा भोलीबाट हुने भौचर मेलामा १० हजार ९४१ जनालाई भौचर वितरण गर्ने कार्यक्रम रहेको छ । मेलामा सहभागि हुन २६ हजार ३५९ जनाले आवेदन दिएका थिए । सुविधाहिन समूहका दलित, लोपोन्मुख, सिमान्तकृत जनजातिहरुका लागि रोजगारीको अवशर सिर्जना गर्ने उद्देश्यले परियोजना सुरु गरिएको हो । हेर्नुहोस् भिडियो :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: