×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बृज र होङसी सिमेन्ट गुणस्तरहिन, नेपाल गुणस्तर तथा नापतौल विभागले माग्यो १५ दिने स्पष्टीकरण !

PRIME CA

बृज र होङसी सिमेन्ट गुणस्तरहिन, नेपाल गुणस्तर तथा नापतौल विभागले माग्यो १५ दिने स्पष्टीकरण !

१४ पुष २०७६, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – होङसी र र बृज सिमेन्ट उद्योगलाई नेपाल गुणस्तर तथा नापतौल विभागले स्पष्टीकरण मागेको छ । विभागले यी दुवै सिमेन्ट उद्योगलाई १५ दिने  स्पष्टीकरण माग गरेको हो । 

विभागले होङसी र बृज सिमेन्ट उद्योगका सिमेन्ट गुणस्तरहिन पाईएपछि नेपाल गुणस्तर प्रमाण चिन्ह नियमावली ,२०४० को नियम (१६) अनुसार स्पष्टीकरण माग गरिएको विज्ञप्तिमा उल्लेख छ । 
यस्तै नेपाल गुणस्तरले अनुगमन गर्दा तोकेको मापदण्ड भन्दा बढी आइआर राखी सिमेन्ट उत्पादन गरेको पाईएपछि  स्पष्टीकरण सोधेको हो ।  साथै उनीहरुले लिखित जवाफ पठाएपछि थप कारबाही प्रक्रिया अघि बढाइने बिभागको भनाई रहेको छ ।
विभागले जारी गरेको बिज्ञप्तिमा विभिन्न स्थान र मितिमा गरिएको बजार अनुगमनबाट संकलित नमूनाहरु विभागको प्रयोगशालामा परीक्षण गराउँदा नेपाल गुणस्तर अनुरुप नपाइएको उल्लेख छ ।
विभागका अनुसार होङसीलाई नेपाल गुणस्तर प्रमाण चिन्ह नियमावली २०४० को नियम (१६) अनुसार १५ दिनको स्पष्टीकरण सोधिएको छ भने वृज सिमेन्टलाइ नेपाल गुणस्तर नियमावली अनुसार स्पष्टीकरण सोधिएको छ । यस सिमेन्टको पिपिसी कम्प्रेसिभ स्ट्रेन्थ २१ एमपिए र आइआर (इन्स्लोबल रेसिड्यू) २९ दशमलब ९ प्रतिशत नेपाल गुणस्तर ३८५ अनुसार नभएको नतिजा निकालेकोमा पीपीसी सिमेन्टमा विभागले आइआर २८ प्रतिशत हुनुपर्ने मापदण्ड तोकेको बताएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: