मालपोत कार्यालय भक्तपुरका नासु नारायणराज मिश्र र कार्यालय सहयोगी भाइकाजी गौतम घुससहित पक्राउ !

काठमाडौं । भूमिसुधार तथा मालपोत कार्यालय, भक्तपुरका दुई जना कर्मचारी घुससहित पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुलाई ४० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा नायब सुब्बा नारायणराज मिश्र र कार्यालय सहयोगी भाइकाजी गौतम रहेका छन् । अख्तियारको टोलीले सूचनाको आधारमा मंगलबार दुवै जनालाई पक्राउ गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।

सेवाग्राहीको मोही लगत कट्टी गर्नका लागि मिश्रले घुस रकम माग गरेका थिए । उनी करारमा कार्यरत गौतमलाई उक्त रकम दिन भनेर आग्रह गरेको उजुरी परेको थियो ।

प्रकाशित मिति : Wednesday, December 04, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal