×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु बैंकको एक्स्टेन्सन काउण्टर कोशी अस्पतालमा, अस्पतालका प्रमुख सुपरीटेन्डेन्ट लोहनीद्वारा उद्घाटन

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १ पुष २०७६, मंगलवार

PRIME CA
laxmi sunrise bank

प्रभु बैंकको एक्स्टेन्सन काउण्टर कोशी अस्पतालमा, अस्पतालका प्रमुख सुपरीटेन्डेन्ट लोहनीद्वारा उद्घाटन

कोशी

काठमाडौं – प्रभु बैंकले मोरङ्गस्थित कोशी अस्पतालमा सोमबारदेखि कोशी अस्पताल एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । उक्त काउन्टरको उद्घाटन कोशी अस्पतालका प्रमुख सुपरीटेन्डेन्ट डा.गुणराज लोहनीले गरेका हुन् ।
कोशी अस्पतालमा सञ्चालित प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सार्वजनिक विदाको दिन बाहेक विहान ८ बजेदेखि साँझ ७ बजेसम्म उपचार तथा स्वास्थ्य सम्बन्धी कार्यको सिलसिलामा कोशी अस्पतालमामा आउने सम्पुर्ण सेवाग्राहीहरुलाई बैंकिङ्ग सेवा उपलब्ध हुनेछ ।
उपचारको सिलसिलामा कोशी अस्पतालमा आउने सेवाग्राहीहरुले बुझाउनु पर्ने जुनसुकै रकम विना झण्झट सरल एवं सहज रुपमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा जम्मा गर्न पाउने छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: