×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा दर्ता भएका उजुरीमाथि अहिलेसम्म छलफल नभएकोप्रति सांसदहरु असन्तुष्ट ! (भिडियो रिपोर्ट)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलवार

PRIME CA
laxmi sunrise bank

कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा दर्ता भएका उजुरीमाथि अहिलेसम्म छलफल नभएकोप्रति सांसदहरु असन्तुष्ट ! (भिडियो रिपोर्ट)

काठमाडौँ । सहकारी तथा प्राकृतिक स्रोत समितिमा दर्ता भएका कुनैपनि उजुरीमाथि अहिले सम्म छलफल नभएको सांसदहरुले बताएका छन् । समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले ३४ वटा उजुरी दर्ता भएकोमा कुनैपनि उजुरीमाथि छलफल हुन नसकेको बताएका हुन् । समितिका सभापति पूर्णकुमारी सुवेदीले यसअघि सांसद महेस बस्नेतको संयोजकत्वमा उपसमिति गठन गरी छलफल गर्न खोजिएपनि बैठक बस्न नसकेको बताउनुभयो । त्यसैले अब नयाँ उपसमिति गठन गरी काम गर्नुपर्ने उहाँले बताउनुभयो । 
त्यस्तै समितिले वन तथा वातावरण मन्त्रालय, कृषि तथा पशुपन्छि विकास मन्त्रालय, भूमि, सहकारी तथा गरीवी निवारण मन्त्रालय तथा जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गतका ऐन, नियमावली तथा समस्या र उजुरी सम्बन्धमा पनि छलफल अगाडी बढाउने भएको छ ।
समितिको आन्तरीक तयारी गर्ने सम्बन्धमा बसेको बैठकमा सांसदहरुले सिंचाईलाई प्राथमिकता दिएर छलफल अगाडी बढाउनुपर्ने बताए । त्यस्तै किसानले मल नपाएको अवस्थाको अनुगमन गरी सम्बन्धीत मन्त्रालयलाई निर्देशन दिन ढिलाई गर्न नहुनेमा सांसदहरुले जोड दिए । सांसद हरिबोल गजुरेलले विभिन्न सडक निर्माण गर्ने काममा भूमिको जथाभावि प्रयोग बढेकाले त्यसमा आवस्यक अनुगमन गरी सम्बन्धीत मन्त्रालयलाई निर्देशन दिनुपर्ने बताउनुभयो । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: