सानिमा बैंकले ल्यायो “अफर सानिमा बैंकको, रोजाई तपाईको” योजना, यस्ता छन् सुविधाहरु !

काठमाडौं । सानिमा बैंक लिमिटेडले आफनो १५औं वार्षिकोत्सवको उपलक्ष्यमा “अफर सानिमा बैंकको, रोजाई तपाईको” नामक योजना ल्याएको छ । यस योजनाअन्तर्गत आफना ग्राहकहरूले सानिमा बैंकको विभिन्न डिजिटल सेवाहरु तथा सामान खरिदमा छुट पाउनेछन् । 

बैंकले आफ्ना नयाँ तथा पुराना ग्राहकलाई लक्षित गरी ल्याएको यो योजना २०७६ मंसिर २० देखि २२ गते सम्म तीन दिनको लागि लागु हुनेछ । साथै, विभिन्न रेष्टुरेन्ट तथा विधुतीय सामान र मोबाइल फोन खरिदमा समेत विशेष छुटको व्यवस्था गरेको छ ।

यो योजना अन्तर्गत बैंकको डिजिटल सेवाहरु जस्तै डेबिट कार्ड, क्रेडिट कार्ड, ट्राभल् कार्ड, प्रायोरिटी पास, मोबाईल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग लगायतमा जारी शुल्क नलाग्ने व्यवस्था गरेको छ । साथै, विभिन्न रेष्टुरेन्ट तथा विधुतीय सामान र मोबाइल फोन खरिदमा समेत विशेष छुटको व्यवस्था गरेको छ ।
प्रकाशित मिति : Friday, December 06, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal