सिटी एक्सप्रेस फाइनान्सको सेयर कारोबार रोक्का

काठमाडौं - सिटी एक्सप्रेस फाइनान्सको सेयर कारोबारमा रोक लगाएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले प्राप्ति गर्ने भएसँगै फाइनान्सको सोमबार (पुस २८ गते)देखि दोस्रो बजारमा सेयर कारोबार रोकिएको हो ।  

सिटी एक्सप्रेस फाइनान्सले बैंकसँग प्राप्तीमा जाने सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ती (एक्विजीशन) सम्बन्धी विनियमावली, २०७३ को विनियम ६ (१) बमोजिम कारोबार रोकिएको नेप्सेले जनाएको छ ।

प्रकाशित मिति : Monday, January 13, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal