हेर्नुहोस् बुधबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

काठमाडौँ - साताको कारोबारको चौथौ दिन बुधबार सुनको मूल्य स्थिर रहेको छ । मंगलबार प्रति तोला ७३ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य भने १० रुपैयाँले घटेर प्रति तोला ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बुधबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ६३ हजार १५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७ सय ६३ रुपैयाँ कायम गरेको छ ।
प्रकाशित मिति : Wednesday, January 01, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal