×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माछापुच्छे बैंकले ल्यायो ‘माछापुच्छ्रे ग्राहक सेवा केन्द्र’ सञ्चालनमा, यस्ता छन् सुविधाहरु

अर्थ सरोकार

प्रकाशित मिति : २३ पुष २०७६, बुधबार

PRIME CA

माछापुच्छे बैंकले ल्यायो ‘माछापुच्छ्रे ग्राहक सेवा केन्द्र’ सञ्चालनमा, यस्ता छन् सुविधाहरु

काठमाडौं – माछापुच्छे बैंकले ‘माछापुच्छ्रे ग्राहक सेवा केन्द्र’ सञ्चालनमा ल्याएको छ । बैंकले अन्तर्राष्ट्रिय स्तरको एसआईपी पीबीएक्समा आधरित आईभीआर बैंकिङ्ग र अडियो नोटिस बोर्ड सहितको अत्याधुनिक प्रविधिको ओम्नी च्यानल ग्राहक सेवा केन्द्र संचालनमा ल्याएको हो ।
गाह्रकले बैंकको विभिन्न सामजिक संजालमार्फत सिधै माछापुच्छ्रे ग्राहक सेवा केन्द्रमा सम्पर्क स्थापित गर्न सक्नेछन् । बैंकको गुणस्तरिय सेवा विस्तारका साथै देश तथा विदेशमा रहेका ग्राहकहरुलाई बैंकसंग सम्बन्धित सूचना आदान-प्रदान गर्नका लागि ग्राहक सेवा केन्द्रले मुख्य भूमिका खेल्नेछ । ग्राहकहरुले ०१५९७०५५५ नम्बरमा फोन गरि आफुलाई आवश्यक परेको जानकारी तत्काल प्राप्त गर्न सक्नेछन् । जसबाट ग्राहकहरुले बैंकसँग सम्बन्धित विभिन्न सेवा, सुविधा, सुचना, गुनासो तथा अन्य कुराहरुको जानकारीका लागि बैंकसम्म पुग्न सहज हुनेछ ।
बैंकले हाल १४५ वटा शाखाहरु, १३८ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २८३ स्थानमा रहेका सेवा सञ्जालतथा १७९ वटा एटीएमहरु मार्फत सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: