नेपाल इन्स्योरेन्सले गर्यो ७.८९% लाभांश दिने घोषणा, बोनस र नगद कति ?

काठमाडौं - नेपाल इन्स्योरेन्सले आफ्नो सेयरधनीहरुलाई ७.८९% लाभांश दिने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको मुनाफाबाट ५% बोनस सेयर र कर प्रयोजन सहित २.८९% नगद लाभांश दिने निर्णय गरेको हो । 

बैंकले कुल ५ करोड ४७ लाख ७६ हजार ८३३ रुपैयाँ बराबरको बोनस सेयर र ३ करोड १७ लाख १२ हजार ९०३ रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ । हाल नेपाल इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब ९ करोड ५५ लाख रुपैयाँ रहेको छ । बोनस वितरणपछि चुक्ता पुँजी १ अर्ब १५ करोड ३ लाख १३ हजार रुपैयाँ पुग्नेछ ।

यो लाभांश प्रस्ताव नियामक निकाय बीमा समिति र कम्पनीको आगामी साधारणसभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ । हेर्नुहोस्ले कम्पनीले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :

प्रकाशित मिति : Thursday, January 09, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal