×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर बजार बुलिस ट्रेन्डमा : १५.१४ अंकले बढ्यो नेप्से, कारोबार १ अर्व ७० करोडमाथि

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २८ पुष २०७६, सोमबार

PRIME CA
laxmi sunrise bank

सेयर बजार बुलिस ट्रेन्डमा : १५.१४ अंकले बढ्यो नेप्से, कारोबार १ अर्व ७० करोडमाथि

काठमाडौँ – साताको कारोबारको दोस्रो दिन सोमबार बजार बढेको छ । आइतबारको तुलनामा बजार १५.१४ अंकले बढेर १२७०.८६ विन्दुमा आइपुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ८३ कम्पनीको ५५ लाख १८ हजार ६ सय ३६ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ७० करोडमाथिको कारोबार भएको छ । जसमा सबै भन्दा बढी कारोबार नेपाल दुरसंचार कम्पनीको भएको छ । यस कम्पनीको कुल ६ करोड ४ लाखमाथिको कारोबार भएको छ । त्यसपछि क्रमश नेपाल लाइफ इन्स्योरेन्स र एनआइसी एसिया बैंकको भएको छ ।
यस्तै, आइतबार म्यनुफ्याक्चार एण्ड प्रोडक्सन र माइक्रोफाइनान्स उपसुचक घटेको छ भने बाँकी सबै उपसुचक बढेको छ । जसमा सबैभन्दा धेरै हाइड्रोपावर समुह बढेको छ । हाइड्रोपावर समुह ४ दशमलव ९३ प्रतिशतले बढेको हो ।
त्यसैगरी सबैभन्दा धेरै घोडीघोडा लघुवित्त र सानिमा माई हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै सिभिल लघुवित्त र गणपति माइक्रोफाइनान्सका लगानीकर्ताले गुमाएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: